About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ पुस
उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा चिन्तामणि पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको १९ औँ चुनावी साधारणसभा अन्तर्गत आज भएको उम्मेद्वारी दर्ता कार्यक्रम अनुसार अध्यक्षमा पौडेलको मात्र उम्मेद्वारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यसमिति सदस्य हुँदै कोषाध्यक्ष, सचिव, उपाध्यक्ष भइसकेका उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष पौडेल उर्लाबारी खानेपानीको आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । खानेपानीको उपाध्यक्षमा उपाध्यक्षमा प्रेम उपाध्याय, सचिवमा मेघराज श्रीपाली र कोषाध्यक्षमा तेजकुमारी खतिवडा, महिला सदस्यमा हरिकुमारी राई र रुकमिनी खनाल सर्वसम्मत चयन भएका छन् ।
खुल्ला ३ जना सदस्यका लागि भने १४ जनाको उम्मेद्वारी परेको छ । खुल्ला सदस्यमा चन्द्रप्रसाद भट्टराई, देवीप्रसाद खनाल, सिताकुमारी पराजुली, कृष्णबहादुर भण्डारी, सुभाष भण्डारी, भिमप्रसाद भट्टराई, रामकुमार राई, पदम रिजाल, होमनाथ गौतम, पवन भट्टराई, मदनकुमार प्रसाई, अम्बिका बोहोरा क्षेत्री, गजेन्द्र दंगाल र मानबहादुर धिमालले उम्मेद्वारी दिएका छन् । लेखा समिति संयोजकमा ढकबहादुर थापा र जगन्नाथ भण्डारीको उम्मेद्वारी परेको छ भने २ जना लेखा सदस्यमा यमुना राई, चेतनाथ सिग्देल र हेमकुमारी गजुरेलले उम्मेद्वारी दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय