About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १२ पुस
मोरङको उर्लाबारी नगरपालिकामा पशुहरुमा लाग्ने संक्रामक रोगविरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गरिएको छ । नगरपालिकाको पशुपन्छी सेवा शाखाले आइतबारदेखि वडा वडामा एफएमडी, पिपिआर खोप लगाउने कार्यक्रम सुरु गरेको शाखा प्रमुख बद्री भट्टराईले जानकारी दिए ।
यसका लागि प्रत्येक वडामा भ्याक्सिनेटर टोली खटाइएको छ । पुस ११ देखि सञ्चालन भएको अभियान २८ गतेसम्म चल्ने भट्टराईले बताए । प्रत्येक वडामा ६ वटा केन्द्र बनाई खोप लगाउने कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय