About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी / युवा मन नेपालको संयोजनमा बिपन्न वर्गका मानिसहरुलाई न्यायो कपडा बितरण तथा खिर खुवाउने कार्यक्रम समपन्न गरिएको छ ।
उर्लाबारी -६ बाँदडाँडा लगाएतका बिपन्न समुदायका जेष्ठ नागरिक लाई न्यानो कपडा कम्बल बितहरण गरिएको युवा मन नेपाल का अध्यक्ष किसोर श्रेष्ठले जानकारी दिनुभएको छ ।अध्यक्ष श्रेष्ठ का अनुसार भारत बागडोगरा निवासी एना राई प्रधान को सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको हो । ३५ जनालाई कम्मल वितरण र खाद्य को रूपमा खिर ख्वाईएको थियो ।कार्यक्रम मा सामाजिक अभियानमा सहयोगी बन्नु भएकी एना राई प्रधान लाई सम्मान समेत गरिएको थियो । उर्लाबारी नगरपालिका -६ का अध्यक्ष चिन्तामणि पौडेल को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाड सदस्य सचिन शाक्य ,अम्बिका तामाङ संचार क्लब का पुर्व अध्यक्ष घनश्याम भण्डारी लगाएतको उपस्थिति रहेकोे आयोजकले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय