About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, ६ पुस
७६ वर्ष अघिदेखि वेपत्ता ताप्लेजुङ फुङलिङका देउनारायण सिग्देलको कुशको शव बनाएर आज इटहरीमा अन्त्येष्टि गरिएको छ । इटहरीस्थित प्रणामी मन्दिरमा बस्दै आएकी उनकी श्रीमती भागीरथाको हिजो निधन भएपछि श्रीमान् श्रीमती दुबै जनाको अन्त्येष्टि गरिएको उनका भान्जा लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
देउनारायणको कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो । देउनारायणको २००२ सालमा विवाह भएको थियो । विवाह भएको एक महिनादेखि नै उनी वेपत्ता थिए । श्रीमान् वेपत्ता भएपछि उनकी श्रीमती केही वर्ष माइत बसेर चार दशकदेखि इटहरीस्थित प्रणामी मन्दिरमा बस्दै आएकी थिइन् । भागीरथाको ९० वर्षको उमेरमा हिजो साँझ निधन भएको हो । उनीहरुका सन्तान नभएकाले भतिजहरुले काजकिरिया गर्ने भएका छन् ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय