About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ६ असाेज

राेटरी क्लब अफ उर्लााबारीले प्याव्सन माेरङका नवनिर्वाचित उपाध्यक्ष सुरेन्द्र सुवेदी र महाधिवेशन प्रतिनिधि हेमचन्द्र भट्टराईलाई सम्मान गरेकाे छ । आज उर्लाबारीमा एक कार्यक्रम गरी राेटरी क्लब उर्लाबारीका पूर्व अध्यक्ष सुवेदी र प्रेसिडेन्ट इलेक्ट भट्टराईलाई सम्मान गरिएको हाे ।

क्लबका अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थापक अध्यक्ष विष्णु ओली, सम्मानित व्यक्तित्व सुवेदी र भट्टराई, क्लबका सदस्य मुकुन्द निराैलालगायतले मन्तव्य राखेका थिए । साे अवसरमा क्लबका पूर्व अध्यक्ष राजेश महेश्वरी, लिला प्रधान, सचिव नवीन श्रेष्ठ, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई लगायतको उपस्थिति रहेको थियाे । प्याव्सन माेरङकाे पुस ३ गते सम्पन्न जिल्ला अधिवेशनमा सुवेदी अत्यधिक मतका साथ विजयी भएका थिए । ­

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय