About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ पुस
प्रदेश १ मा आइतबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । दुर्घटना न्युनीकरण गर्ने उद्देश्यका साथ सुरु भएको ट्राफिक सप्ताह अन्तर्गत मोरङको उर्लाबारीमा ट्राफिक प्रहरीलाई नगर प्रहरीले साथ दिएका छन् ।
अभियान अन्तर्गत सोमबार उर्लाबारी चौकमा ट्राफिक प्रहरीसँगै नगर प्रहरी पनि जनचेतनामूलक अभियानमा देखिए । हेल्मेट अनिवार्य प्रयोग गरौं, हतार गरेर बाटो नकाटौं, बालबालिकालाई सडकमा खेल्न नदिऔं, ट्राफिक नियम पालना गरौं लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले सवारी चालकलाई समेत सचेत गराएका थिए । सडक दुर्घटना न्युनीकरण गर्ने जिम्मेवारी ट्राफिकको मात्र नभएर अभियानमा साथ दिएको उर्लाबारी नगर प्रहरीका इञ्चार्ज याम कार्कीले बताए ।
ट्राफिक सप्ताह अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी कार्यालय उर्लाबारीका इञ्चार्ज टायमप्रसाद शिवाकोटीले बताए । जस अनुसार कार्यालय पर्चा, पम्पलेट वितरण, नगरपालिका क्षेत्रभित्र रहेका फुटपाथ र जथाभावी राखिएका सामान हटाइने, सवारी साधनको अवस्था, ट्राफिक नियम तथा कागजात चेकजाँच, विद्यालयका विद्यार्थीलाई सचेतनासम्बन्धी कक्षा सञ्चालन गरिने शिवाकोटीले बताए ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय