
उर्लाबारी, २ पुस
आफ्ना स्वर्गीय आमाबुबा र दाजुको स्मृतिमा उर्लाबारी–३ का डा. हरिबाबु दाहाल र गनिता दाहालले विद्यार्थीलाई स्वीटर वितरण गरेका छन् । स्वर्गीय बुबा जगन्नाथ दाहाल, आमा द्रौपदादेवी दाहाल र दाजु वैद्यनाथ दाहालको समृतिमा आज उर्लाबारी–२ को सुनपकुवा मावि र उर्लाबारी–३ को दुर्गा माविका विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।
जाडोको समयमा विद्यार्थीहरुलाई पठनपाठनमा सहजता होस् भनेर सुनपकुवा माविका १ सय र दुर्गा माविका ५१ जना गरी १५१ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको डा. दाहालले बताए । आर्थिक रुपमा विपन्न कक्षा १ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको उनले बताए ।



