About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ मंसिर
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मोरङको उपाध्यक्षमा उर्लाबारीका सुरेन्द्र सुवेदीले दाबेदारी प्रस्तुत गरेका छन् । प्याव्सन उर्लाबारीका निवर्तमान अध्यक्ष समेत रहेका सुवेदी सनसाइन अंग्रेजी माध्यमिक विद्यालय उर्लाबारी–३ मंगलबारेका संस्थापक÷प्रिन्सिपल हुन् ।
आगामी पुस ३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेसँगै सुवेदीले प्याव्सनिष्टहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् । विराटनगर बाहिर पूर्वी उत्तरी मोरङको प्रतिनिधित्व गर्दै सुवेदी जिल्ला उपाध्यक्षको उम्मेद्वारी रहने प्याव्सन उर्लाबारीका अध्यक्ष दिनेश पोख्रेलले बताए । उर्लाबारी प्याव्सनको नेतृत्वमा रहँदा सुवेदीले संस्थालाई चलायमान बनाउनुका साथै उदाहरणीय कार्य गरेका थिए । सुवेदी उर्लाबारी, पथरी शनिश्चरे, रतुवामाई, मिक्लाजुङ प्याव्सनको साझा उम्मेद्वार रहेको दाबी गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय