
उर्लाबारी, १९ मंसिर
नेपाल दर्शन कलेज उर्लाबारी पूर्वोत्तर मोरङ र पश्चिमी झापाको एक शैक्षिक गन्तव्यको रुपमा परिचित छ । लामो समयदेखि यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको यस कलेजले दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्दै आएको छ ।
कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन तथा स्नातक तहमा व्यवस्थापन संकायको अध्यापन गराउँदै आएको नेपाल दर्शनका फरक किसिमका विशेषताले विद्यार्थी र अभिभावक आकर्षित हुने गरेका छन् । अझ कलेजले यस वर्षदेखि स्नातक तहको अध्यापन छुट्टै भवनमा गर्ने भएको छ । विद्यार्थीको उमेर, रुचि र आवश्यकतालाई मध्यनजर गर्दै विविएस कक्षाहरु अलग भवनमा सञ्चालन सुरु गरेको कलेजका प्रिन्सिपल राजेश महेश्वरीले जानकारी दिए ।
देशभरमा उत्कृष्ट माविको सूचीमा पर्न सफल नेपाल दर्शन मावि÷कलेजले श्रव्य, दृश्य शिक्षण सामग्रीको प्रयोग गर्दै प्रभावकारी शिक्षण गर्दै आएको छ । दक्ष, अनुभवी र योग्य प्राध्यापकहरुद्धारा कक्षा सञ्चालन, प्रभावकारी र पारदर्शी मूल्याङ्कन पद्दति, सीसी क्यामेराको निगरानी, आफ्नै सुविधा सम्पन्न भवन, यातायात, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशालाको व्यवस्थापन कलेजले गरेको प्रिन्सिपल महेश्वरीले बताए ।
कमजोर विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा व्यवस्थापन गर्दै उत्कृष्ट नतिजा हासिल गर्दै आएको कलेजले गरिब, जेहेन्दार, उत्कृष्ट तथा विशेष क्षमतावान् विद्यार्थीहरुलाई मूल्याङ्कनका आधारमा छात्रवृत्ति समेत प्रदान गर्दै आएको प्रवन्ध निर्देशक केपी शिवाकोटीले बताए । उनका अनुसार पठनपाठनका साथै विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापको व्यवस्थापन गर्दै प्रतिभाशाली र विशेष क्षमतावान् विद्यार्थीहरुलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने, आवधिक, शैक्षिक भ्रमण व्यवस्थापन गर्दै व्यहारिक शिक्षामा जोड दिँदै आएको छ । समय समयमा विभिन्न क्षेत्रका विषेशज्ञ प्रशिक्षकहरु ल्याएर कलेजले विभिन्न विषयका प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । कलेजका प्रिन्सिपल राजेश महेश्वरी स्वयम् एनएलपी लाइफ प्रशिक्षक हुन् भने भाइस प्रिन्सिपल दुर्गा पौडेल नेपाल सरकारका सर्टिफाइट ट्रेनर हुन् । कलेजमा अतिरिक्त कम्प्युटर कक्षा र एकाउन्टिङ सफ्टवेयर तालिम पनि प्रदान गरिँदै आएको छ ।
विद्यार्थीको शैक्षिक विकाससाथै चौतर्फी विकासमा नेपाल दर्शन कलेजले चालेका कदमप्रति अभिभावक पनि सन्तुष्ट छन् । विद्यार्थीको उज्वल भविष्यलागि शैक्षिक हवका रुपमा कलेजले परिचय बनाएको एक अभिभावकले बताए ।



