
उर्लाबारी, १९ मंसिर
मोरङको उर्लाबारीका होमनाथ गौतम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । राप्रपाको महाधिवेशनको शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा गौतम अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
गौतम यसअघि पनि राप्रपाको केन्द्रीय सदस्य थिए । पार्टीको तल्लो तहमा विभिन्न पदमा रहेर मोरङमा पार्टीको संगठन विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।