About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, १७ मंसिर
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भलिबल भन्ने मूल नाराका साथ गाउँपालिकाको आयोजनामा यही मंसिर २४ देखि २६ गतेसम्म गाउँपालिकाको केन्द्र साँघुमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहको सहभागिताका लागि सबै पालिकालाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । ताप्लेजुङका फुङ्लिङ नगरपालिका, सिदिङ्वा, सिरिजंघा, पाथीभरा यङ्वरक, फक्ताङ्लुङ, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकालाई सहभागिताका लागि पत्रचार गरिएको र मंसिर २३ गतेसम्म नाम दर्ताको समय उपलब्ध गराइएको छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाखसहित १ सय ६० तोला चाँदी जडित तीन वर्षे अध्यक्ष रनिङ कप, मेडल र प्रमाण पत्र, उपविजेताले नगद १ लाख ५० हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै, सेमी फाइनलमा पुग्ने दुई टिमलाई सान्त्वना स्वरुप नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार तथा वेष्ट सर्भर, वेष्ट डिफेन्डर, वेष्ट सटर, वेष्ट ब्लकर र वेष्ट स्पाईकरलाई जनही नगद ५ हजारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय