About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १० मंसिर
उर्लाबारीस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाले २६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । आज संस्था परिसरमा रक्तदान तथा ज्येष्ठ शेयर सदस्य सम्मान गरी स्थापना दिवस मनाइएको हो ।
बिहान आयोजित रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्र भट्टराईले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी उर्लाबारीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
आजै संस्थाले ५१ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । प्रत्येक वर्ष गरिने ज्येष्ठ सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको संस्थाका अध्यक्ष डिवी थापाले बताए । ६० वर्ष उमेर पार गरेका ज्येष्ठ शेयर सदस्यलाई दोसल्ला ओढाइ प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौला र संस्थाका अध्यक्ष थापाले ज्येष्ठ सदस्यलाई सम्मान गरेका थिए ।


यस्तै, संस्थाले ७ जना ज्येष्ठ शेयर सदस्यलाई नगदसहित सम्मान गरेको छ । संस्थामा शेयर सदस्य भएको १० वर्ष पूरा भएका ७५ वर्ष माथिका शेयर सदस्यलाई जनही १२ सय रुपैयाँसहित सम्मान गरिएको हो । हाम्रो बचतको सदस्य बनेको १० वर्ष पूरा भएका ७५ वर्षमाथिका ज्येष्ठ सदस्यलाई मासिक १ सय रुपैयाँ भक्ता दिने नीति अनुरुप उनीहरुलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव मनोरथ भण्डारीले गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय