About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, ८ मंसिर
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि १ सय ६ जना प्रतिनिधि मनोनित भएका छन् । मंगलबार बसेको स्थायी कमिटीको बैठकले १ सय ६ जनालाई मनोनयन गर्ने निर्णय गरेको हो ।
प्राप्त सुची अनुसार प्रदेश १ बाट १७ जना महाधिवेशन प्रतिनिधि मनोनयनमा परेका छन् । यो प्रदेशबाट झापाका दुर्गा प्रसाईदेखि ओखलढुंगाका बालकृष्ण ढुंगेलसम्म मनोनित भएका छन् । यस्तै, युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेबे, पूर्व उपाध्यक्ष गोविन्द थापा महाधिवेशन प्रतिनिधि भएका छन् । थेवे ताप्लेजुङ र थापा झापाका हुन् ।
मोरङबाट लता प्याकुरेल र डा. नेत्रप्रसाद तिम्सिना, झापाको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, झापाकै जलवर्षा राजवंशी र अमर शिवाकोटी, सुनसरीको धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी, सुनसरीकै मीना श्रेष्ठ र डम्बर सुवेदी प्रतिनिधिमा मनोनित भएका छन् । यस्तै, ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. १ की समानुपातिक सांसद होमकुमारी साँवा, खोटाङका डा. देवराज रोका, भोजपुरका पर्शुराम अधिकारी, संखुवासभाका खड्ग राई र तेह्रथुमका बाबुराम थापा महाधिवेशन प्रतिनिधि भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय