About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ८ मंसिर
अघिल्ला सरकारले ल्याएको प्रदेशको बजेट पुनरावलोकनको कार्य भइरहेको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताएका छन् । शेरधन राई नेतृत्वको सरकारले ल्याएको बजेटमा कतिपय अनुत्पादक शीर्षकमा विनियोजन भएको बताउँदै उनले त्यस्ता कार्यक्रम खारेज गरी नयाँ कार्यक्रम थपघट गर्ने काम भइरहेको उनले बताए ।
आज नेकपा एकीकृत समाजवादी उर्लाबारीले हाम्रो बचतको सभाहलमा आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले केही दिनमै बजेट पुनरावलोकनको कार्य सकी कार्यान्वयनमा लैजाने बताए । नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका राईले केपी ओली पार्टी र सरकार चलाउन सक्षम नरहेको बताए । एमाले बुर्जुवा पार्टी जस्तै भएकोले नयाँ अभियान थाल्नु परेको उनले बताए ।
नेकपा (एस) उर्लाबारीका अध्यक्ष डिवी थापाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य मानबहादुर श्रेष्ठले यस क्षेत्रका समस्याका बारेमा मुख्यमन्त्री राईलाई अवगत गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय