
उर्लाबारी, ७ मंसिर
गरिमा विकास बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा उर्लाबारीमा रक्तदान कार्यक्रम गरिएको छ । बैंकको उर्लाबारी शाखाको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा ३७ जनाले रक्तदान गरेको बैंकका शाखा प्रमुख वेदप्रसाद बास्तोलाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी उर्लाबारीको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । बैंकको १५ औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न २० वटा शाखामा आज रक्तदान कार्यक्रम गरिएको हो ।



