About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ मंसिर
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीले रजत जयन्ती महोत्सव मनाइरहेको छ । चार दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गत सोमबार रक्तदान कार्यक्रम सम्पन्न भयो भने मंगलबार राजयोग शिविर सम्पन्न गरिएको छ ।
सेवा केन्द्र परिसर उर्लाबारी–५ मा आयोजित रक्तदानमा ६९ पिन्ट रगत संकलन भएको केन्द्रकी सञ्चालिका मिरा दिदीले बताइन् । नेपाल रेडक्रस सोसाइटी उर्लाबारीको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
यस्तै, मंगलबार उर्लाबारी पार्टी प्यालेसमा राजयोग शिविर सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बरिष्ठ राजयोगी तथा प्रशिक्षक विजयराज सिग्देलले राजयोगद्वारा मानसिक शक्तिको सशक्तिकरण विषयक प्रशिक्षण प्रदान गरेका थिए । शिविरमा ब्रह्मकुमारी राजयोगका विभिन्न सेवा केन्द्रका साथै उर्लाबारीवासी र नेपाल दर्शन कलेज तथा सप्तकोशी आमाविका विद्यार्थीहरुको सहभागिता रहेको थियो । उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको थियो ।

केन्द्रको रजतजयन्ती महोत्सवको अन्तिम दिन बुधबार शान्ति पदयात्रा तथा रजतजयन्ती महोत्सव कार्यक्रम आयोजना गरिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राज दादीको पनि उपस्थिति रहने सञ्चालिक मिरा दिदीले जानकारी दिइन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय