About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ मंसिर
उर्लाबारी–७ स्थित नेपाल दर्शन कलेजमा एक दिने उत्प्रेरणा शिविर सम्पन्न भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीको रजत जयन्ती महोत्सवको अवसरमा आर्ट अफ गुडनेस (सत्कर्म) विषयक उत्प्रेरणा शिविर सञ्चालन गरिएको कलेजका प्रिन्सिपल राजेश महेश्वरीले जानकारी दिए ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीको रजत महोत्सवको पहिलो कार्यक्रम नेपाल दर्शन कलेजमा गरेको हो । विद्यार्थीहरुको चौतर्फी विकासमा नियमित पठनपानका साथै सहकार्यकलाप पनि आवश्यक रहेकोले यस प्रकारको कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल महेश्वरीले बताए ।

शिविरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका विके भागवतले सहजीकरण गरेका थिए । सो अवसरमा सेवा केन्द्र उर्लाबारीकी सञ्चालिक मीरा दिदीको आतिथ्यता रहेको थियो । कलेजका प्रिन्सिपल राजेश महेश्वरीको सभापतित्व, भाइस प्रिन्सिपल दुर्गा पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा कलेजका ३ सय जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय