About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ मंसिर
खड्ग फागो, नेपाली काँग्रेसको वडा तहदेखि केन्द्रसम्म भाइचारा सम्बन्ध स्थापित भएका व्यक्ति हुन् । नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापति रहेका फागोले आफ्नो क्षेत्रमा पार्टीलाई चलायमान बनाउन खेलेको भूमिकाको प्रसंसा नगर्ने विरलै होलान् । उनै फागोले पुनः एक पटक क्षेत्रीय सभापतिको उम्मेद्वारी घोषणा गरेका छन् ।
पार्टीको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ६ गते हुने क्षेत्रीय अधिवेशनमा आफूलाई सशक्त उम्मेद्वारका रुपमा स्थापित गराउन सफल फागोको उम्मेद्वारीले काँग्रेसजनमा उत्साह छाएको छ ।
दुई कार्यकाल क्षेत्रीय सभापति हुँदा फागोले यस क्षेत्रमा काँग्रेसको एउटा छाप बसाउन सफल भएका छन् । उनकै नेतृत्वमा गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले मोरङ क्षेत्र नं. १ का चार मध्ये तीन पालिकाको नेतृत्व हात पा¥यो । उर्लाबारी, लेटाङ नगरपालिका र केराबारी गाउँपालिका प्रमुख रुख चिह्नबाट उम्मेद्वार भएका व्यक्ति विजयी भए । पहिलेको निर्वाचन क्षेत्रमा केराबारी र राजघाट जोडिएर नयाँ संरचना बनेको हुँदा विधानतः फागोलाई सभापतिमा पुनः उम्मेद्वार हुन कुनै अड्चन छैन ।
को हुन् फागो
उर्लाबारी नगरपालिकाका नगर प्रमुख समेत रहेका क्षेत्रीय सभापति फागो नेपाली काँग्रेसको वडा सहसचिव हुँदै २०४९ सालदेखि राजनीतिमा होमिएका हुन् । तरुण दलको वडा सभापति, क्षेत्रीय सदस्य, क्षेत्रीय संयोजक, पार्टीको क्षेत्रीय कार्यसम्पादन सचिव हुँदै क्षेत्रीय सभापति भएका उनले राजनीति शास्त्रमा स्नातक (BA) र ग्रामीण विकासमा स्नातकोत्तर (MA) उपाधि हासिल गरेका छन् ।
दुई कार्यकाल सर्वसम्मत क्षेत्रीय सभापति हुँदै गर्दा उनले यस क्षेत्रमा सफल संगठन निर्माण गरेका छन् । सैद्धान्तिक र वैचारिक स्पष्ट अडान, कुशल, निडर, कार्यकर्ताको दुःखका सारथी फागो अग्रजहरुको क्षमता र अनुभवलाई आत्मसात गर्दै अघि बढेका युवा नेतृत्व हुन् । राष्ट्र र पार्टी सिद्धान्तप्रति युवालाई प्रोत्साहन गर्ने, युवाहरुलाई नेतृत्व दिलाउँदै जाने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका फागो विकासप्रेमी नेताको रुपमा परिचित छन् ।
पुनः क्षेत्रीय सभापतिमा उम्मेद्वार हुँदै गर्दा उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा आफ्ना उम्मेद्वारलाई जिताउन लागि पर्ने, क्षेत्रभित्र रहेका ३७ वटै वडामा नेपाली काँग्रेसको जित निकाली ३४ सयभन्दा बढी क्रियाशील सदस्यको शिर उच्च राख्ने गरी कार्य गर्ने उनको प्रतिबद्धता छ ।
मोरङ १ मा क्षेत्रीय सभापति हुँदा फागोको नेतृत्वमा भएका कार्यहरु अविश्मरणीय छन् । स्थानीय तहमा एमालेको किल्लाका रुपमा रहेका उर्लाबारी, लेटाङ, केराबारीमा नेतृत्व काँग्रेसले जित हात पा¥यो । पार्टीको क्रियाशीलता, सक्षम, सबल नेतृत्व देखेर नै यो क्षेत्रमा ४२ सय जनाभन्दा बढी काँग्रेस प्रवेश गरे ।
दुई कार्यकाल क्षेत्रीय सभापति भइसक्दा कतिपयले माथिल्लो तहमा जानु पर्ने सुझाव दिएको बताउँदै फागोले भने, “म माथिल्लो तहमा जाँदा जिल्ला पदाधिकारीमा जाने हो, तर यसै क्षेत्रका डिगबहादुर लिम्बू जिल्ला सभापतिको उम्मेद्वार हुनुहुन्छ ।’ एकै क्षेत्रबाट दुई÷दुई जना जिल्ला पदाधिकारीमा जानुभन्दा पनि वर्तमान पदमै रहेर काम गर्ने इच्छा फागोले राखेका छन् । “आम कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, वडा सभापतिहरुको चाहना पुनः क्षेत्रीय सभापति हुनुपर्छ भन्ने छ’ उनले भने, “त्यसैले पुनः क्षेत्रीय सभापतिको उम्मेद्वार बनेको छु । सबैको साथ, सहयोगको अपेक्षा गरेको छु ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय