About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, ३ मंसिर
नेकपा एमालेको आसन्न दशौं महाधिवेशनमा केन्द्रीय सदस्य गुरु बरालले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा ४५ वर्ष लामो अनुभव भएका नेता बरालले सचिव पदमा उम्मेद्वारी दिने भएका हुन् ।
उनी २०४९ सालको पाँचौ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा छन् । उनले कोशी अञ्चल इञ्र्चाज र केन्द्रीय संगठन विभागको सदस्यका रुपमा कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेका छन् । उनी अहिले नेकपा एमालेको राजकीय मामिला विभागको प्रमुख छन् ।
नेता बराल जननेता मदन भण्डारीको प्रत्यक्ष नेतृत्वमा १७ वर्षको राजनीतिक दिक्षाले जवजको सैद्धान्तिक तथा वैचारिक निखार भएको नेताका रुपमा परिचित छन् । उनी विकास राजनीतिमा विशेष दख्खल राख्छन् । विकास राजनीतिको कार्यमूलक नीति अनुसन्धानमा निरन्तर क्रियाशील रहेका छन् । उनकै नेतृत्वमा मोरङको उर्लाबारीमा मदन भण्डारी संग्रहालय सञ्चालित छ । नेता बराल जननेता भण्डारीका सैदाान्तिक, राजनीतिक दस्तावेजहरुको संरक्षण तथा प्रकाशनका साथै नेपाली कम्युनिष्ट आन्दोलनका दस्तावेजहरुको विद्युतीय संरक्षण कार्यमा संलग्न छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय