About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ मंसिर
सिद्विविनायक बहुउद्देश्यीय सहकारी संस्था उर्लाबारीको अध्यक्षमा अध्यक्षमा गणेशबहादुर खत्री सर्वसम्मत चयन भएका छन् । आज भएको उम्मेद्वारी मनोनयनमा अध्यक्ष पदमा खत्रीको मात्र उम्मेद्वारी परेपछि उनी सर्वसम्मत् अध्यक्ष चयन भएका हुन् ।
संस्थाको उपाध्यक्षमा अमर धिमाल र लेखा समिति सदस्यमा सर्वजीत भण्डारी र फरिदा घिमिरे सर्वसम्मत् चुनिएका छन् । सचिव, लेखा समिति संयोजक र सञ्चालक सदस्यमा भने तोकिएभन्दा बढी उम्मेद्वारी परेको छ । सचिव पदमा दिलकुमारी बस्नेत र जनक आचार्य, लेखा संयोजकमा ऋषिकेश खनाल र भरत थापाले उम्मेद्वारी दिएका छन् । यस्तै, ६ जना सञ्चालक सदस्यका लागि ११ जनाले उम्मेद्वारी दिएका छन् । देवीमाया पुरी, लेखनाथ खनाल, जनकबहादुर खड्का, कोपिला कार्की (राय क्षेत्री), ऋषिकेश कोइराला, चन्द्रप्रकाश दाहाल, तुलसा गुरागाईँ, कृष्णराज गिरी, मदनप्रसाद दाहाल, गोपाल कार्की र रघुनाथ तिम्सिना सदस्यका प्रतिस्पर्धी रहेका छन् ।
सर्वसम्मत् समिति चयन गर्ने प्रयास स्वरुप भोलि ३ः३० बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । संस्थाको चुनावी साधारणसभा मंसिर ४ गते आयोजना गरिएको व्यवस्थापक सुनिल सुवेदीले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय