About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ मंसिर
नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा खड्ग फागोले उम्मेद्वारी दिने भएपछि यस क्षेत्रका काँग्रेसजनमा उत्साह छाएको छ । क्षेत्रमा पार्टी संगठनलाई दर्बिलो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका फागो पुनः क्षेत्रीय सभापतिका लागि उम्मेद्वारी घोषणा गरेसँगै कार्यकर्ताहरु फागोलाई सर्वसम्मत् सभापति बनाउनु पर्ने बताउँदै आएका छन् ।
नेपाली काँग्रेस उर्लाबारी नगर समिति सचिव राजन रायमाझीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली काँग्र्रेस शुद्धिकरण अभियानका युवा नेता, मोरङ क्षेत्र नम्बर १ नेपाली काँग्रेसका मार्गनिर्देशक, आम क्षेत्रवासीका आशा र भरोसाका धरोहर, जन र मनमा बस्न सफल लिडर खड्ग फागोलाई क्षेत्रीय सभापतिमा पुनः हार्दिक स्वागत गर्न चाहन्छौं ।’ क्षेत्रीय सभापतिमा फागोको विकल्प नरहेको उनी बताउँछन् ।
उर्लाबारीकै युवा अर्जुन ढकाल लेख्छन्, ‘नेपाली काँग्रेसभित्र रहेर काँग्रेसलाई एक ढिक्का पारेर लानसक्ने, हक्की, निडर, काँग्रेसको सिद्धान्तमा अडिक, पुराना असल कार्यकर्ताको भावना अटाउन सक्ने, कुनै किसिमको भेदभाव नराख्ने, वीपीको सिद्धान्तमा अडिग खड्ग फागोलाई मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा अत्यधिक मतले विजय गराउन अनुरोध गर्दछु ।’
काँग्रेस मिक्लाजुङ गाउँ समितिका सहसचिव विमल शम्शेर कुँवर लेख्छन्, ‘नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र न १ को सभापतिमा काँग्रेसभित्रको शुद्धिकरण र पार्टीको सुदृढिकरण अभियानका नेतृत्वकर्ता, निडर र स्पष्टवक्ता, यस क्षेत्रका डाईनमिक लिडर खड्ग फागोलाई पूर्ण समर्थन गर्दै अत्यधिक मत ले बिजयी गराऔं ।’
नेपाली काँग्रेस उर्लाबारीका सहसचिव टंकराज गिरी लेख्छन्, ‘हरेक नेता कार्यकर्ता तथा आम समुदायको सुख दुःखको सारथीको रुपमा परिचित नाम हो खड्ग फागो । मोरङ क्षेत्र नं. १ मा नेपाली काँग्रेसको संगठनलाई मजबुत गरी ४ वटा पालिका मध्ये ३ वटा पालिकामा नेपाली काँग्रेसले विजयको बिकुल फुक्ने वातावरण सिर्जना गर्ने कुशल नेतृत्वकर्ता, नेपाली काँग्रेसका सान, निडर नेतालाई नेपाली क्षेत्रीय सभापतिमा सर्वसम्मत, नभए अत्यधिक बहुमतसहित बिजय गराइदिनुहुन सम्पूर्ण वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरुलाई हार्दिकताका साथ अनुरोध गर्दछु ।’
नेपाली काँग्रेसका आम कार्यकर्ताको हितमा काम गरेकै कारण पनि फागोलाई पुनः सभापति बन्न कार्यकर्ताहरुले दबाब दिएका हुन् । आम कार्यकर्ताहरुको आग्रह बमोजिम आफूले पुनः एक कार्यकालका लागि क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा गरेको फागोको भनाई छ । पार्टी र कार्यकर्ताहरुको हितमा निरन्तर लागि पर्ने फागोलाई पुनः एक कार्यकाल सभापति बनाउनु पर्ने कार्यकर्ताहरुको जोड छ । अधिकांश कार्यकर्ताहरुले पुनः क्षेत्रीय सभापतिमा फागोलाई सर्वसम्मत चयन गर्नु पर्ने धारणा राख्दै आएका छन् ।
पार्टीलाई क्षेत्र नं. १ मा मजबुत र चलयमान बनाउन फागोको महत्वपूर्ण भूमिका रहेको छ । फागो कहाँ समस्या लिएर जाने जो कोहीलाई पनि सहयोग गर्ने बानीका कारण पार्टीभित्र र बाहिर उत्तिकै लोकप्रियता देखिन्छ । आश्वासन मात्र लिएर फर्कनु नपर्ने भेटघाट भएका ब्यक्तिहरु बताउँछन् । सबैको समस्या तुरून्त समाधान गरिदिने व्यक्तिको रूपमा फागो चिनिन्छन् । सरल ब्यवहार, सहयोगी भावना र सबैलाई सद्भावले हेर्ने उनको स्वभाव एवम् दृष्टिकोण आफैँमा प्रशंसनीय छ । फागोलाई सर्वसम्मत रुपमै क्षेत्रीय सभापति ल्याउन कांग्रेसजनले आकांक्षा राखेका छन् । उनको क्रियाशिलता र लोकप्रियता क्षेत्रीय सभापतिका लागि बलियो कडी हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय