About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पथरी, २ मंसिर
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोलि मंसिर ३ गते प्रदेश क्षेत्रीय अधिवेशन हुँदैछ । यो अधिवेशनले प्रदेश क्षेत्रको नेतृत्वका साथै प्रदेश अधिवेशन प्रतिनिधि पनि चयन गर्ने छ ।
यसैमेसोमा राजनैतिक पार्टी भनेर चिनेदेखि नै अर्थात् १८ वर्षको कलिलो उमेरबाटै नेपाली काँग्रेस बनेका पथरी शनिश्चरे वडा नम्वर ३ का केदार बोहोराले मोरङ क्षेत्र नम्वर ३ (क) बाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने भएका छन् । सबैसँग मिलनसार स्वाभावका केदारले नेपाली काँग्रेस पार्टीमा लागेदेखिनै संगठन भित्रको वितृष्णा, बिकृति र विसंगतिका बारेमा युवा जमातमा चेतना अभिबृद्धि गर्ने एक सकारात्मक सोचका अभिकर्ताको रुपमा काम गर्दै आएका छन् ।
पार्टीको १३ आंै महाधिवेशन ताकादेखि पार्टीभित्रको अन्तरकुन्तर थाहा पाउँदै आएका केदारले १४ औं महाधिवेशनमा संगठन सुदृढिकरण, युवाहरुको सहि परिचालन, नेतृत्व विकास र सवल सक्षम नेतृत्वलाई उचित स्थान दिनु पर्ने माग सहित आफ्नो उम्मेद्वारी रहेको बताए ।
बोहोराले नेपाली काँग्रेस पार्टीको भातृसंगठन तरुण दल वडा समितिको सचिव भएर ५ बर्षे कार्यकाल सफल रुपमा सञ्चालन गरिसकेका छन् । राजनीतिलाई नितान्त सेवाको रुपमा उजागर गर्ने बोहोरा जनताको सेवा, संगठन सुदृढिकरण र संगठन विस्तारमा आहोरात्र खटिदै बलियो संगठन निर्माण गरी जनताको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा सबै लाग्नु पर्ने धारण राख्दछन् ।
यस्तै साझा र बलियो काँग्रेस बनाउन सके मात्रै आगामी दिनमा हुने स्थानीय, प्रदेश र संघको चुनावमा रुख चिन्ह लिएर उठ्ने उम्मेद्वारलाई घात नहुने बताउँदै सबैको अपनत्व हुने गरिको काँग्रेस बनाउन पनि आफ्नो उम्मेद्वारी रहेको उनले बताए । सहयोगी भावनाका बोहोरा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित रहेका छन् ।
उनले सामाजिक क्षेत्रमा लायन्स क्लव अफ योङहार्ट पथरीशनिश्चरे नगरको संस्थापक अध्यक्ष, अन्य स–साना सामाजिक संघ संस्थामा रहेर काम गर्दै सामाजिक क्षेत्रमा पनि आफ्नो परिचय दिइसेका छन् । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफूले क्षेत्र ३(क) को प्रदेश अधिवेशन प्रतिनिधिमा दाबी प्रस्तुत गरेको उनको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय