About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३० कार्तिक
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ३ गते हुने प्रदेश निर्वाचन क्षेत्रको निर्वाचनका लागि धमाधम उम्मेद्वारी घोषणा भइरहेको छ । यसैक्रममा मोरङ क्षेत्र नं. १ (क) को उपसभापतिमा उर्लाबारी–३ का सोमप्रसाद तिम्सिना (राम) ले उम्मेद्वारी घोषणा गरेका छन् ।
मंसिर ३ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न उनले वडा सभापति र क्षेत्रीय प्रतिनिधिलाई आग्रह गरेका छन् । उपसभापति पदमा आफूलाई उभ्याउँदै गर्दा तिम्सिनाले आफूलाई सो पदमा पु¥याउने आधार समेत प्रष्ट्याएका छन् ।
काँग्रेसको चारतारे झण्डा बोकेर लामो समयदेखि राजनीति र समाजसेवा गर्दै आएका तिम्सिना उर्लाबारी–३ का वडा सदस्य समेत हुन् । युवा जोश जाँगरका साथ सामाजिक सेवामा पनि उत्तिकै सक्रियता जनाएका तिम्सिनाले पार्टीलाई चलायमान र सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
पार्टीलाई चलायमान बनाउने, आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचनमा पार्टीलाई जिताउन अहोरात्र खट्ने, काँग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवा जमात र व्यक्तित्वहरुलाई थप आकर्षित गर्दै नेपाली काँग्रेसमा अरु पार्टीका कार्यकर्ता ल्याउने अभियानको नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । काँग्रेस मोरङ क्षेत्र १ का सभापति खड्ग फागो पक्ष निकट रहेका तिम्सिना कसैलाई काखा, कसैलाई पाखा नगरी सबै पार्टी पंक्तिलाई एक बनाएर अघि बढ्ने बताउँछन् ।
तिम्सिनाले राजनीति मात्र गरेका छैनन्, व्यवसाय र समाजसेवालाई समेत सँगसँगै अघि बढाएका छन् । उर्लाबारी–३ मगलबारेको नतुल औषधि पसलका सञ्चालक उनले जनप्रतिनिधि हुँदै गर्दा आफूले प्राप्त गरेको सेवा सुविधा समाजसेवामा लगानी गर्दै आएका छन् । कहिले विपन्न विद्यार्थीलाई कपडा, स्टेशनरी वितरण त कहिले विपन्नलाई सहयोग गर्दै आएका उनी जहाँ समस्या पर्छ, त्यहाँ पुगेर सहयोग गर्न पछि पर्दैनन् । उनै तिम्सिना काँग्रेस मोरङ क्षेत्र नं. १ (क) को उपसभापति बनेर पार्टीलाई चलायमान बनाउने, संगठन सुदृढ पार्ने अभियानमा लाग्ने प्रण गर्छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय