
उर्लाबारी, २८ कार्तिक
आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ५७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । ६ वटा निर्वाचन क्षेत्र र दलित क्षेत्र गरी ५७ महाधिवेशन प्रतिनिधिका लागि १ सय ७० जनाले मनोनयन दर्ता गरेपनि आजसम्ममा ५७ जना नै सर्वसम्मत् चयन भएका हुन् ।
मोरङ क्षेत्र नं. १ बाट खड्गबहादुर वस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनश्याम खतिवडा, उमाकान्त गौतम, भूपेन्द्रकुमार लावती, लक्ष्मीदेवी भण्डारी, निर्मला राई, शान्तिकुमारी लिम्बू महाधिवेशन प्रतिनिधि छानिएका छन् । यस्तै, क्षेत्र नं. २ बाट ऋषिकेश पोखरेल, मेघनाथ कट्टेल, चन्द्रकला भण्डारी, लीलाबल्लभ अधिकारी, गोपाल थापा, मीरा दास, पर्शुराम कटुवाल, खेमकुमारी निरौला दाहाल, डिल्ली दाहाल, हसन इमाम बक्स र इर्जालाल राजवंशी, क्षेत्र नं .३ बाट राजकुमार ओझा, केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी, डिपी राई, ताराबहादुर काफ्ले, रामकुमार बस्नेत, देवराज भण्डारी, दिलिप राई, धनमाया तामाङ, ढाकाकुमारी पराजुली र राजकुमारी इङनाम छानिएका छन् ।
क्षेत्र नं. ४ बाट नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेशप्रसाद भट्टराई, बाबुराम कार्की, विमला दाहाल घिमिरे र गुणवति देवी थारु, क्षेत्र नं. ५ बाट डिल्लीराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल, ज्ञानेश्वर राजवंशी, योगेन्द्र मण्डल र मीनादेवी यादव तथा क्षेत्र नं. ६ बाट नरेश पोखरेल, हरि घिमिरे, सत्यनारायण चौधरी, रामलाल साह, पर्शुराम बस्नेत, नारायणी घिमिरे, यशोदा अधिकारी र तारा राई सर्वसम्मत चयन भएका छन् ।
यस्तै, दलित निर्वाचन क्षेत्रतर्फ खेम नेपाली, कृष्ण बर्देवा, जितनारायण सरदार र गितादेवी शिवा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।