
उर्लाबारी, २८ कार्तिक
हाम्रो बचत तथा ऋण सहकारी संस्था उर्लाबारी–५ ले क्षमता साकोस सञ्चालकहरुलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । शुक्रबार र शनिबार दुई दिन कात्यानी हेरिटेज होटल उर्लाबारीमा सञ्चालन भएको तालिममा संस्थाका सञ्चालक, उपसमितिका पदाधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष ढकबहादुर थापाले सहजीकरण गरेको तालिममा सहकारी सञ्चालन, नेतृत्व, पल्स, संस्थाका गतिविधि, लेखा, अहिलेको अवस्थामा बचत संस्थाको भूमिका, सञ्चालकको जिम्मेवारी, हाम्रो साकोसका सेवालगायतका विषयमा जानकारी गराइएको थियो । तालिम निकै उपयोगी भएको संस्थाका सञ्चालक समिति सदस्य रुपचन्द्र दाहाल रोशनले बताए ।



