About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २५ कार्तिक
नेपाली काँग्रेस उर्लाबारीका निवर्तमान सभापति वीरबल थापाले मोरङ क्षेत्र नं. १ (क) प्रदेश क्षेत्रीय सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ३ गते हुने प्रदेश सभा क्षेत्रीय निर्वाचनमा आफू क्षेत्रीय सभापतिको उम्मेद्वार रहेको उनले बताए ।
लामो समय नगर समितिको नेतृत्व गरेकोले स्वभाविक रुपमा आफू प्रदेश क्षेत्रीय सभापतिको उम्मेद्वार रहेको थापाले बताए । नेपाली काँग्रेसको बुथ समिति हुँदै तरुण दल उर्लाबारीको सभापति, तरुण दल मोरङको उपसभापति, काँग्रेस उर्लाबारी गाउँ समिति सचिव हुँदै तीन कार्यकाल नगर सभापति भइसकेका थापा आफूले पार्टीमा पु¥याएको योगदानका आधारमा आम क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित गराउने अपेक्षा राखेका छन् ।
उर्लाबारीमा थापाले काँग्रेसको नेतृत्व लिँदै गर्दा सुरुमा पार्टी निकै कमजोर थियो । संगठन विस्तार र पार्टी सुदृढिकरण छलाङ मार्दै अहिले उर्लाबारीमा काँग्रेस बलियो बनेको छ । २०५४ सालको स्थानीय निर्वाचनमा एमालेले सबै सिट जितेको थियो तर २०७४ को निर्वाचनमा काँग्रेसले नगर प्रमुख, पाँच वडाध्यक्षसहित २३ सीटमा जित हाँसिल गर्दा काँग्रेस उर्लाबारीको नेतृत्व हाँक्ने आफू नै रहेको उनले बताए ।


उर्लाबारी–७ का वडाध्यक्ष समेत रहेका थापाले पार्टीमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै आम क्षेत्रीय प्रतिनिधिले भरसक सर्वसम्मत् नभए निर्वाचनबाटै मोरङ क्षेत्र नं. १ (क) को क्षेत्रीय सभापतिमा जिताउने काँग्रेसजन बताउँछन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङका ६ वटा वडा यो प्रदेश सभा निर्वाचन क्षेत्रमा समेटिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय