About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ कार्तिक
उर्लाबारी–७ बरगाछीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक क्षेत्रको पार्क संरक्षकलाई वडा कार्यालयले सम्मान गरेको छ ।
आज देवकोटाको ११३ औं जन्मजयन्तीको अवसरमा एक कार्यक्रम गरी शालिक संरक्षक देवेन्द्रकुमार श्रेष्ठलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । उर्लाबारी–७ का वडाध्यक्ष वीरबल थापाले श्रेष्ठलाई सम्मान गरे । महाकविको शालिक र यस क्षेत्रको पार्क संरक्षणमा श्रेष्ठले अतुलनीय योगदान पु¥याएकोले उनलाई सम्मान गरिएको वडाध्यक्ष थापाले बताए ।
शालिक परिसरमै आयोजित कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गर्नुका साथै दीप प्रज्वलन समेत गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय